free website hit counter

हिमालयन उर्जाले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

beemaadmin
२०७९ माघ १५, आईतवार

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन घोषणा गरेको हो। माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ। हकप्रद शेयर निष्काशनपश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको छ।

सम्बन्धित समाचार