free website hit counter

हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न

beemaadmin
२०७९ चैत्र ३०, बिहीबार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव १४ प्रतिशत नगद लाभांश पारितगरेको छ ।
सभाले गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । साथै सभामा बोनश शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनश शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले चालु आर्थिक वर्ष २०७०–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभा मार्फत सर्वसाधारण शेयरधनीको प्रतिनिधिबाट बाट प्रतिनिधित्व गर्ने अजय रत्न स्थापित र हेम राज थापा संचालकमा निर्वाचित भएका छन् भने संस्थापक शेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार