free website hit counter

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठ सम्मानित

beemaadmin
२०८२ असार ९, सोमबार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सीईओ अन्जु श्रेष्ठ अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन्। महिला पत्रिका ‘द भ्वाइस अफ दी वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो। द भ्वाइस अफ दी वुमन पत्रिका एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ। बीमा क्षेत्रमा प्रभावशाली महिलाहरूको नाममा छुटाउन नमिल्ने नाम हो। हिमालयन एभरेष्टको प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ । २०८१ असोज १६ गतेदेखि उनी आगामी चार वर्षका लागि प्रमुखमा नियुक्त भएकी हुन्। अन्जुले हिमालयन एभरेष्ठ इन्स्योरेनसमा असिस्टेन्ट अफिसर’बाट काम सुरुवात गरेकी थिइन्। ३० वर्षपछि सोही कम्पनीको प्रमुखको पदमा उनी आफ्नो दायित्व निर्वाह गरिरहेकी छिन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार