free website hit counter

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

beemaadmin
२०८१ असार ५, बुधबार

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले थप (एफपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । एक समारोह बीच हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार