free website hit counter

हिमालयन बैंकले लाभांश तीन वर्ष यता कै उच्च

beemaadmin
२०७८ आश्विन २३, शनिबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई तीन वर्षकै उच्च २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २० गते बसेको बैंकको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुने बैंकले जनाएको छ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको पनि बैंकले जनाएको छ ।

सम्बन्धित समाचार