free website hit counter

हिमालयन रिले आईपीओ जारी गर्ने

beemaadmin
२०७९ जेष्ठ १३, शुक्रबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न इन्स्योरेन्स सञ्चालक समितिले विशेष साधारण सभा डाकेको छ । समितिले आगामी जेठ २७ दिउँसो २ बजे काठमाडौंको ठमेलस्थित होटल अलफ्टमा विशेष साधारण आव्हान गरेको हो ।
सभाले उक्त प्रस्ताव पारित गरेपश्चात इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप रकम अथार्त प्रिमियम थपेर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने छ ।साथै, सो सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार दिने प्रस्ताव छ ।

सम्बन्धित समाचार