free website hit counter

हिमालयन रि इन्स्योरेन्सको नाफा बढ्यो

beemaadmin
२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी समीक्षा अवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ। नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ। १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार