free website hit counter

हिमालयन लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख १८, मंगलवार

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६५ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.४६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.६८ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९१ प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ। त्यसैगरी, लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड २९ लाख रुपैयाँबाट घटेर १७ लाखमा सीमित भएको छ। जसका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७३.७२ प्रतिशत बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५२.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६.४६ गुणा रहेको छ। पहिलो ९ महिनासम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ५९ पैसा रहेको छ। ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार