free website hit counter

हिमालयन लाइफका अभिकर्ता जय फुयालले जिते रोयल इन्फिल्ड क्लासिक ३५०

beemaadmin
२०८३ आश्विन २, शुक्रबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता जय फुयालले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जितेका छन्।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालन गरेको अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत व्यक्तिगत अभिकर्ता कोडमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै फुयाल ‘बीमारत्न’ योजनामा छनोट भएका हुन्।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले प्रधान कार्यालयमा आयोजित कार्यक्रममा फुयाललाई मोटरसाइकल हस्तान्तरण गरेका छन्। तोकिएको लक्ष्य पूरा गरी बीमा व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेबापत कम्पनीले उनलाई मोटरसाइकल प्रदान गरेको जनाएको छ।

अभिकर्तालाई प्रोत्साहन गर्ने कम्पनीको नीति

हिमालयन लाइफले अभिकर्ताहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्दै बीमा व्यवसाय विस्तारमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले विभिन्न प्रोत्साहनमूलक योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सोही योजनाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गरेका फुयालले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गरेका हुन्।

मोटरसाइकल प्राप्त गरेपछि अभिकर्ता जय फुयालले कम्पनीले प्रदान गरेको अवसर र प्रोत्साहनप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा अझ उत्साहका साथ बीमा व्यवसाय विस्तारमा सक्रिय रहने प्रतिबद्धता जनाए।

कम्पनीले आफ्ना अभिकर्ताहरूको मेहनत, सक्रियता र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तर सम्मान तथा प्रोत्साहन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।

सम्बन्धित समाचार