काठमाडौं । युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको मर्जरबाट बनेको हिमालयन लाइफको कारोबार वैशाख २६ गतेबाट हुने भएको छ । यी तीन कम्पनीले विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरिसकेका छन् । उक्त यी तीन कम्पनीको मर्जरलाई गत वैशाख १३ गते नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको थियो । एकीकृत कारोबारपछि कम्पनीको कर्पोरेट कार्यालय हात्तीसारमा रहने छ । साथै, उक्त मर्जर प्रयोजनका लागि कम्पनीले आफ्ना तथ्यांकहरु अद्यावधिक गर्नु पर्ने भएकाले बैशाख २३, २४ र २५ गते तीनदिन आफ्ना सम्पूर्ण सेवाहरु बन्द हुने जनाएको छ ।