free website hit counter

हिले पुग्यो ग्लोबल आइएमई बैंक

beemaadmin
२०७६ भाद्र १८, बुधबार

काठमाडौं । सबै स्थानीय तहमा बैंक पु¥याउने सरकारको लक्ष्यलाई निजी लगानीका बैंकहरुले पूरा गर्दैछन् । यसैक्रममा ग्लोबल आइएमई बैंकले धनकुटाको हिले बजारमा पुगेको छ । सो शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा मेयर तामाङले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे।
अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पुर्याउने बताए। उनले बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार