free website hit counter

होलि मनाउने क्रममा ललितपुरमा ग्याङ फाइट हुँदा दुई युवकको ज्यान गयो

beemaadmin
२०८० चैत्र १२, सोमबार

ललितपुर। होलीका क्रममा हुनसक्ने अराजकता रोक्न सुरक्षा निकायले जतिसुकै सजगता अपनाए पनि ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ। राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए। राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन, उनले भने। मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताएका छन्। शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार