free website hit counter

१० करोड लगानीमा नगरपालिकाको आफ्नै भवन

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका आगामी सोमबारबाट आफ्नै भवनमा सर्ने भएको छ । नगरपालिकाका प्रवक्ता नवराज भट्टराइका अनुसार नवनिर्मित भवनको सबै तयारी पूरा भइसकेको र आगामी सोमबार उद्घाटन हुनेछ । अहिलेको कार्यालयभन्दा केही अगाडि २४ रोपनी जग्गामा बनेको उक्त प्रशासकीय भवन करिब १० करोड लगानीमा निर्माण भएको बताइएको छ ।

उक्त भवनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट मङ्सिर १६ गते बिहान ८ः३० बजे हुने भवन उद्घाटन हुने कार्यक्रम रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार कार्यक्रमको तयारीका लागि बिभिन्न समितिहरुमार्फत् काम अगाडि बढाइएको छ । नगरपालिकाको स्थापना दिवसको अवसर पारेर भवन उद्घाटन कार्यक्रम राखिएको हो ।

सम्बन्धित समाचार