free website hit counter

१० खर्बको शेयर बेच्ने तयारीमा एलआईसी

beemaadmin
२०७६ माघ २१, मंगलवार

दिल्ली। भारतीय बीमा बजारको सबैभन्दा ठूलो कम्पनी भारतीय जीबन बीमा निगम (एलआईसी)ले सर्वसाधारणमा सेयर विक्री गर्ने भएको छ । भारत सरकारले सन् २००९ देखि नै राजस्व घाटा कम गर्न सरकारी कम्पनीको सेयर बेच्दै आएको छ । भारत सरकारको स्वामित्वको कम्पनीमा अब सर्वसाधारणको पनि लगानी रहनेछ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा सरकारी स्वामित्वका कम्पनीको सेयर विक्रीबाट २१ खर्ब भारु उठाउने लक्ष्य अनुरुप एलआईसीको सेयर बेच्न लागिएको हो ।

भारत सरकारले जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गर्दै सन् १९५६ मा बेग्लै ऐन ल्याएर एलआईसीको स्थापना गरेको थियो । जीबन बीमा कम्पनीहरु राष्ट्रियकरण गरेको ६४ वर्षपछि शतप्रतिशत सरकारी लगानीको कम्पनीको सेयर विक्री गर्ने तयारीमा भारत सरकार पुगेको हो ।

Advertisement
Advertisement

एलआईसीको ८ देखि १० खर्ब रुपैयाँ बराबरको सेयर भारत सरकारले बेच्न सक्ने अनुमान भारतीय मिडियाहरुले गरेका छन् । भारत सरकारले सेयर विनिबेसबाट उठाउने लक्ष्य राखेको २१ खर्ब भारुमध्ये एलआईसी र आईडीबीआई बैंकको सेयर विक्रीबाट ९ खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement
Advertisement

भारतको जीबन बीमा बजारमा एलआईसीको सेयर हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको छ ।

सम्बन्धित समाचार