free website hit counter

१२ वटा मध्ये ११ वटा जीवन बीमक नाफामा

beemaadmin
२०८२ जेष्ठ १, बिहीबार

काठमाडौं । लगानीको क्षेत्र निश्चित तोकिए पनि जीवन बीमा कम्पनीहरुको खुद मुनाफा सवा ९ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीहरुको चालु आवको तेस्रो त्रैमाससम्मको नाफा गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलब २८ बढेको देखिएको छ । जीवन बीमा कम्पनीमा १२ वटा कम्पनीमध्ये ११ वटा कम्पनीको नाफा गत वर्षको चैत्र मसान्तको तुलनामा बढेको छ भने एउटै मात्र कम्पनीको नाफा भने घटेको छ ।
चालु आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै नफा वृद्धि एसियन लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले गत वर्षको तेस्रो त्रैमासको तुलनामा ५९ दशमलब ५१ प्रतिशतले नाफा वृद्धि गरी ३३ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । खुद मुनाफा वृद्धिको हिसाबले एसियन लाइफ पछि क्रमशः रिलायल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), आईएमइ लाइफ, नेपाल लाइफ, हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफ रहेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्सको भने चालु आवको तेस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा ३३ दशमलब ३६ प्रतिशतले खुद मुनाफामा गिरावट आएको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमाससम्म ३२ करोड ९ लाख ९७ हजार रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ ।
कम्पनीको रिजर्भको आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) अगाडि देखिएको छ । गत वर्षको चैत्र मसान्तम्मा २ अर्ब २१ करोड ८६ लाख ५१ हजार रुपैयाँ रहेको कम्पनीको रिजर्भ चालु आवको चैत्र मसान्तसम्म ९२ दशमलब ५० प्रतिशतले वृद्धि भएर ४ अर्ब २७ करोड ८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन पछि प्रभु महालक्ष्मी लाइफ र नेसनल लाइफ इन्स्योरेन्सको मात्रै रिजर्भमा गिरावट देखिएको छैन । समग्र १२ वटा जीवन बीमा कम्पनीको भने १७ दशमलब ४४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै रिजर्भ घट्ने इन्स्योरेन्समा सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६७ प्रतिशत, दोस्रोमा सानिमा रिलायन्स लाइफ ६२ दशमलब २८ प्रतिशत छन्। त्यसैगरी आईएमई लाइफको ५२ दशमलब ११ प्रतिशत, हिमालयन लाइफको ३४ दशमलब ६७ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ३३ दशमलब ६० प्रतिशत, एसियन लाइफ इन्स्योरेन्सको २५ दशमलब ९१ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको २४ दशमलब २२ प्रतिशतले रिजर्भमा गिरावट देखिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार