काठमाडौं । सानो मुलुकमा बीमा बग्रेल्ती बीमा कम्पनी खुलिरहेका बेला फेरि लघु बिमाको लाइन्सेन्स नेपालमा खुलिरहेका बेला विशाल छिमेकी राष्ट्र भारतले १२ वर्षपछि बीमा कम्पनीहरूलाई लाइसेन्स दिएको छ । इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथ्युरीटिले दुई जीवन बीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । मार्च २५ तरिखमा आइआरडिएआई बोर्ड बैठकले एको लाइफ इन्स्योरेन्स र क्रेडिट एक्सेस लाइफ इस्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निणर्य गरेको थियो । यससँगै भारतमा जीवन बीमा कम्पनीको संख्या २६ पुगेको छ । यस अघि २०११ म मात्रै आइआरडिएआइले बीमा कम्पनीहरुलाई लासेन्स वितरण गरेको थियो ।