free website hit counter

१३० जना कर्मचारीलाई आईएमई लाइफले दियाे सम्पति शुद्घिकरण तालिम

beemaadmin
२०८० श्रावण ८, सोमबार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित बनाएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना नेपाल भरका क्षेत्रिय, शाखा र उप शाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्घिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम साउन ६ गते भैरहवा स्थित होटल शिद्घार्थ भिलासामा दिईएको थियो । कम्पनीका करिव १३० जना कर्मचारीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले तालिम प्रदान गर्नु भएको थियो । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण बिभागिय प्रमुखको समेत उक्त तालिममा सहभागी थियो ।

सम्बन्धित समाचार