free website hit counter

१ सय २६ जना रेड जोनमा

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । १४ दिन क्वारेन्टाइनमा बसेर लक्षण नदेखिएकाहरु पनि क्वारेन्टाइनमै बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दुई हप्ताको क्वारेन्टाइन बसाई पुरा गरेकाले पनि क्वारेन्टानमै बस्नुपर्ने बताएका हुन्। अहिले धेरैतिरबाट १४ दिन क्वारेन्टाइन बसेर पनि लक्षण नदेखिकाले अब के गर्ने भन्ने प्रश्न आएको छ। तपाई फेरि पनि क्वारेन्टाइनमै बस्नुपर्ने छ, उनले भने। प्रवक्ता देवकोटाले शनिबार सम्म १ हजार ४ सय ४१का  कोरोना भाइरस परीक्षण भएको बताए। कोरोनाको आसंकामा ७० जना आइशोलेसनमा राखिएको पनि उनले बताए। यस्तै देशका ६ ठाँउबाट कोरोना परिक्षण भइरहेको छ। मोबाइल एप्लेकसनबाट कोरोना परीक्षणका लागि आवेदन दिनेमध्ये १ सय २६ जना रेड जोनमा परेका छन्।

सम्बन्धित समाचार