free website hit counter

२३ गते प्रधानमन्त्री ओली नारायणहिटी दरबारअगाडि गर्जिने

beemaadmin
२०७७ माघ १८, आईतवार

काठमाडांैंं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि दुई पक्ष भेला र सभामा केन्द्रीत भएका छन् । नेकपा दाहाल नेपाल समूहले राजधानीमा ९ गते सभाको आयोजना गरेपछि त्यसको प्रत्युत्तरमा ओली समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ। उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन्।

कमिटीका सचिव खेमप्रसाद लोहनीका अनुसार, अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश, भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ। सो दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ ।

जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ।

सम्बन्धित समाचार