free website hit counter

२४ घण्टामा थपिए ८४ हजारबढी संक्रमित, साढे ५ हजारको ज्यान गयो

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । कोरोनाको आतंकले विश्व आक्रान्त छ । संक्रमणसँगसँगै मृत्युको सूचि पनि उकालो लागिरहेको छ । विज्ञानलाई चुनौती दिँदै अघि बढेको कोरोनाको आतंककाबीच विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ । विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।
उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ । २४ घण्टामा थप ३४ हजार १९६ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५२ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ३६२ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६८१ जनाको मृत्यु भएको छ। त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार