free website hit counter

२४ घण्टे उर्दी ७२ घण्टासम्म बेखबर (आयोगको पत्रसहित)

beemaadmin
२०७६ मंसिर १६, सोमबार

काठमाडौं । निर्वाचन आयोगले विवेक नपुर्याउँदा निजी संस्थाबाट सञ्चालित अस्पताललाई समेत निर्वाचन आचारसंहिताका नाममा हस्तक्षेप गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्थाबाट सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको रिक्त कार्यकारी अधिकृत, निर्देशक, उपनिर्देशकहरुको नियुक्ति खारेज गर्न आदेश दिएको आयोगले २४ घण्टा नबित्दै आफ्नो निर्णय सच्याउने संकेत गर्दै उजुरीकर्तालाई नै कारबाही गर्ने चेतावनी दिएको थियो ।

अस्पतालका प्रशासक राजाराम तजलेको नाममा पत्र पठाउँदै आयोगले अनधिकृत रुपमा लेटरहेड र छापको प्रयोग गरी आयोगलाई भ्रम उत्पन्न गराएको हो होइनलगायतका आधादर्जन प्रश्नको सन्दर्भमा २४ घण्टाभित्र जवाफ पेश गर्न मंसिर १२ गते नै आदेश दिएको थियो ।

Advertisement
Advertisement

मंसिर १४ गतेको निर्वाचनको पूर्व सन्ध्यामा जारी निर्वाचन आचारसंहिताकै कारण अस्पतालले गरेको नियुक्ति खारेज गर्न तजलेले आयोगलाई पत्राचार गरेपछि आयोगले अस्पताल व्यवस्थापन समितिसँग परामर्श नै नगरी एकतर्फी रुपमा नियुक्ति बदर गर्न आदेश दिएको थियो । उक्त आदेशपछि व्यवस्थापन समितिले आयोगले पत्राचार गर्दै उक्त निर्णय सच्याउन माग गरेको थियो ।

Advertisement
Advertisement

आयोगले १२ गते तजलेलाई पत्र पठाए पनि बुझ्न नमानेको बताइएको छ । त्यसपछि आयोगले भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा उक्त पत्र बुझाउनका लागि पठाएको भए पनि हालसम्म तजलेले पत्र बुझेका छैनन् ।  पत्रको जवाफ पठाएपछि आयोगले यससम्बन्धमा आधिकारीक निर्णय गर्ने बताइएको छ ।

निर्वाचन सकिएर मत परिणाम समेत सार्वजनिक भइसक्न लाग्दा समेत उक्त पत्रको जवाफ आयोगले भेट्टाएको छैन ।

सम्बन्धित समाचार