free website hit counter

२४ प्रतिशत घट्यो ज्योति विकास बैंकको नाफा

beemaadmin
२०८१ बैशाख ५, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको नाफा घटेको छ । यस विकास बैंकले साउनदेखि चैत मसान्तसम्म १५ करोड २४ लाख ३३ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २० करोड १६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५३ करोडले बढेको छ । तर इम्पेरिमेन्ट चार्ज बढ्दा नाफामा असर पारेको देखिन्छ । बैंकको इम्पेरिमेन्ट चार्ज ८३ करोड २ लाख रुपैयाँ छ, गत वर्षको यसै अवधिमा यो प्रोभिजन ७१ करोड ४५ लाख रुपैयाँ थियो । बैंकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा ४ रुपैयाँ ६२ पैसा छ । बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । यस्तो कर्जा कुल कर्जामा ४।९७ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३।८९ प्रतिशत थियो । गत वर्ष यसै अवधिमा यस्तो आम्दानी ६ रुपैयाँ १२ पैसा थियो । बैंकको वितरणयोग्य नाफा भने २८ करोड ६६ लाख ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा छ ।

सम्बन्धित समाचार