free website hit counter

२५ प्रतिशतले बढ्यो प्रभु महालक्ष्मीको नाफा

beemaadmin
२०८१ कार्तिक २६, सोमबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आवको तुलनामा २५.७० प्रतिशतले नाफा बढाएको छ । समीक्षा अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड रुपियाँ थियो । त्यस्तै, असोज मसान्तसम्म कम्पनीले १ अर्ब १७ करोड २९ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवमा १ अर्ब १२ करोड ५८ लाख रुपियाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपियाँबाट बढेर १ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । गत आवमा यस्तो खर्च १ अर्ब ३१ करोड रुपियाँ थियो । ४ अर्ब ७२ करोड ५६ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपियाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि १०।६९ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ ११९.३४ रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार