free website hit counter

२८ अर्बको आइपीओ आँउदै

beemaadmin
२०८० चैत्र २२, बिहीबार

काठमाण्डौं । नियामक निकाय नेतृत्व विहीन बन्दा आइपीओ जारी गर्ने प्रक्रियामा रहेका कम्पनीहरु रोकिएका छन् । लामो समयदेखि अड्किरहेको आईपीओ निष्कासनको प्रक्रियाले अब भने गति लिने भएको छ । तत्कालिन अध्यक्ष रमेशकुमार हमाल बाहिरिए पछि रोकिएको आईपीओ निष्कासनको प्रक्रिया अर्थमन्त्रीको निर्देशन पछि अघि बढ्न लागेको हो । हाल जलविद्युत,उत्पादन तथा प्रशोधन, लगानी र अन्य समूह गरेर करिव ३५ कम्पनीहरुको २८ अर्बबराबरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् । यसमा तीन वटा सिमेन्ट कम्पनीहरु रहेका छन् । जसमा सौर्य सिमेन्ट, मारुती सिमेन्ट र जगदम्बा सिमेन्ट छन् । यी कम्पनीहरुले प्रिमियममा आईपीओ ल्याउने तयारी गरेका छन् । पछिल्लो समय सिमेन्ट कम्पनीहरु एक पछि अर्को गर्दै दोस्रो बजारमा आउने तयारीमा जुटेका छन् । हाल नेप्सेमा शिवम्, सोना र सर्वोत्तम गरी ३ कम्पनी सूचीकृत छन् । सर्वोत्तम सिमेन्ट हालै मात्रै आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत भएको छ । धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले अर्थमन्त्रीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन निमित्त अध्यक्ष नबराज अधिकारीलाई निर्देशन दिएको बताए । बोर्डले आइपिओ स्वीकृतीका लागि काम गरिरहेको पनि श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार