free website hit counter

३० लाख कित्ता साधारण शेयर निष्कासन गर्दै अजोड इन्स्योरेन्स

beemaadmin
२०७७ असार ९, मंगलवार

काठमाडौं । व्यवसाय सञ्चालनको छोटो समयमा नै ग्राहकको विश्वास जित्न सफल बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । अजोडले चुत्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । ७० करोड रुपैयाँ संस्थापक लगानी रहेको छ ।

सम्बन्धित समाचार