free website hit counter

३५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

beemaadmin
२०७८ फाल्गुन ३, मंगलवार

काठमाडौ । ठूलो सम्भावना भएको बीमा व्यवसाय विस्तारको क्रमा छ । ३५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेका छन् । बीमा पहुँच विस्तारमा सरकारले राखेको लक्ष्य पुरा भएको छ । चालु आर्थिक वर्ष सकिन छ महिना बाँकी हुँदै बीमा दायरा विस्तारको लक्ष्य पुरा भएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस आर्थिक वर्ष भित्रै बीमा पहुँच एक तिहाई जनसंख्यामा पुर्याउने घोषण गरेको थियो । बीमा समितिले बीमाको दायरा विस्तार गर्न तीब्रता दिन थालेपछि बीमा पहुँच विस्तारमा सरकारले राखेको लक्ष्य ६ महिनामै पुरा भएको छ ।
बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुससम्ममा म्यादी बीमा र बैदेशिक रोगजार बीमा सहित ३५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । यो सरकारले चालु आर्थिक वर्ष भित्र पुर्याउने लक्ष्य भन्दा १.६७ प्रतिशतले बढी हो । बजेट सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षभित्र ३३।३३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो ।
बीमा समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तीव्रता दिइरहेको छ । समितिले प्रदेश तथा स्थानिय सरकारसंग छलफलको कामलाई तिव्रता दिएसंगै दायरा विस्तारको लक्ष्य पूरा भएको हो । यस्तै पछिल्लो समय म्यादी बीमालेखमा आकर्षण बढेपछि दायरा विस्तार थप सहयोग पुगेको बीमा समितिका तथ्यांकशास्त्री बसन्त बोहराको भनाई छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उनले जानकारी गराए ।

सम्बन्धित समाचार