free website hit counter

४० प्रतिशतले बढ्यो एशियन लाइफको नाफा

beemaadmin
२०७८ श्रावण ३२, सोमबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार ५ अर्ब ८० करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २७.८१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको थियो । यस्तै कम्पनीले लगानी कर्जा तथा अन्यबाट २ अर्ब ६ करोड ७७ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जाबाट २२ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा पनि ३९.८५ प्रतिशतले बढेर २५ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो अर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८९ करोड ९२ लाख रुपैयाँ, जीवन बीमा कोषमा २६ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ८ लाख रुपैयाँ संचित छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ २४ पैसा र मुल्य आम्दानी अनुपात १०६।५७ गुणा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले कुल ५ अर्ब ९१ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

सम्बन्धित समाचार