काठमाडौं । विवाह उत्सव होस् या जन्मजयन्ती या अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । ललितपुर महानगरपालिका ९ निवासी रुबी श्रेष्ठले आफ्नो छोरा रिभान महर्जनको पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लि। चाबहिल शाखाबाट जारी सिटिजन बाल भबिस्य योजनाको बिमा पोलिसी उपहार दिएकी छिन् ।श्रेष्ठले छोराको सुनिस्शित भबिष्यका लागि पास्नीको अवसर पारेर ५० लाख रुपैयाको सिटिजन बाल भबिस्य योजना बिमा पोलिसी उपहार प्रदान गरेकी हुन् । ५ वटा अतिरिक्त सुबिधा सहितको बाल भविष्य योजना बीमा अवधि समाप्तीमा बिमाकं रकम र बोनस रकम एकमुस्ट पाइने उक्त कार्यक्रममा उपस्थित चाबहिल शाखा प्रमुख दिपक बस्यालले जानकारी दिएका छन् ।
थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बिमाको माध्यले बचत सङ्ग सङ्गै आफ्नो जीवनमा आइपर्ने जोखिम समेत बहन गर्ने भएकाले बाल भबिस्य योजना छनोट गरेको आमा रुबी श्रेष्ठले बताइन् ।