free website hit counter

५९ प्रतिशतले बढ्यो एलआइसी नेपालको नाफा

beemaadmin
२०८० फाल्गुन १, मंगलवार

काठमाडौं । एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा नाफामा राम्रै फड्को मारेको छ । २ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५९ दशमलव ७६ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ५२ करोड ४६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा २ अर्ब ७ करोड ५२ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ६३ करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन घटेको हो । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३ करोड ८५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ८ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ । समिक्षा अवधिमा कम्पनीले ८८ करोड रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

सम्बन्धित समाचार