free website hit counter

७२ प्रतिशतले बढ्यो तेह्रथुम पावरको नाफा

beemaadmin
२०८१ कार्तिक २५, आईतवार

काठमाडौं । तेह्रथुम पावर कम्पनीको नाफा ७२ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ६० लाख रुपैयाँ छ । कम्पनीले गत आवको यसै अवधिमा २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्दा नाफामा उच्च वृद्धि देखिएको हो । कम्पनीको विद्युत् बिक्री आमदानी पहिले ७ करोड रहेकोमा अहिले ८ करोड २७ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पहिले २ करोड ७३ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड १२ लाख रुपैयाँ छ । बैंकको ब्याज घट्दा धेरैजसो हाइड्रोपावरको वित्तीय लागत घटेको छ । यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ३९ पैसा छ । गत साता बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ छ ।

सम्बन्धित समाचार