free website hit counter

९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका हाइड्रोलाई आईपीओ निष्कासनको अनुमति नदिने

beemaadmin
२०८२ जेष्ठ २९, बिहीबार

काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई ‘रियल नेटवर्थ ९०’ रुपैयाँमाथि भएका हाइड्रो कम्पनीलाई मात्रै आईपीओ निष्कासनको अनुमति दिन पत्र काटेको छ । बोर्डले सार्वजनिक लेखा समितिको निर्णयलाई आधार देखाएर ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै आइपीओ निष्कासनको अनुमति दिन भनेको हो । विद्युत नियमन आयोगले संगठित संस्थाहरुलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गर्दा सार्वजनिक लेखा समितिको उल्लेखित निर्देशनलाई समेत मध्यनजर गर्न बोर्डले काटेको पत्रमा उल्लेख छ । यसअघि लेखा समितिले २०८० पुष १२ गते धितोपत्र बोर्डलाई आफ्नो क्षेत्राधिकार मिच्दै ९० भन्दा बढी नेटवर्थ भएको आयोजनाको मात्र सेयर निष्कासन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अहिले पनि कायमै रहेको भन्दै बोर्डले ९० भन्दा कम नेटवर्थ भएको केही हाइड्रो कम्पनीलाई आइपीओ निष्कासन गर्न दिइएको छैन ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार