free website hit counter

९२ अर्ब बीमा शुल्क उठ्यो, नेपाल लाइफ र शिखरको अग्रता कायमै

beemaadmin
२०७७ असार १५, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बीमा कम्पनीहरुले ९२ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुबाट ६९ अर्ब ८० करोड र राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ निर्जीवन बीमा कम्पनीहरुबाट २२ अर्ब ३७ करोड रुपैयाँ गरी सो बराबरको कुल बीमाशुल्क आर्जन गरेको हुन्।चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमातर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सको अग्रतालाई कसैले धक्का दिन सकेको छैन । यस अवधिमा नेपाल लाइफले २० अर्ब ८९ करोड र शिखर इन्स्योरेन्सले २ अर्ब ८७ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले २० अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै एलआईसी नेपालले पनि १५।३६ प्रतिशत अर्थात १० अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी राष्टिय बीमा संस्थानले ६ अर्ब १६ करोड, नेशनल लाइफले ६ अर्ब २३ करोड, मेट लाइफले ३ अर्ब ६० करोड रुपैयाँ बराबरो कुल बीमा शुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा कम्पनी मध्येका युनियन लाइफ इनस्योरेन्सले भने पुराना कम्पनीहरुलाई समेत उछिनेर ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।युनियनले पुराना एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफलाई कुल बीमाशुल्क आर्जनमा उछिनेको छ । एशियन लाइफले ३ अर्ब ५१ करोड, प्राइम लाइफले २ अर्ब ५१ करोड, सूर्या लाइफले २ अर्ब ३७ करोड, र गुराँस लाइफले १ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी रिलायवल लाइफले १ अर्ब ३७ करोड, सिटिजन लाइफले १ अर्ब ३२ करोड र ज्योति लाइफले १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । बाँकी नयाँ जीवन बीमा कम्पनीहरुले कुल बीमाशुल्क अर्ब कटाउन सकेका छैनन् । सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्ममा २२ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । २० निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमाशुल्क आर्जन भएको हो । बीमा समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, सगरमाथाले १ अर्ब ९५ करोड, नेकोले १ अर्ब ८४ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७५ करोड, एनएलजीले १ अर्ब ५१ करोड, प्रिमियरले १ अर्ब ४५ करोड र प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड, हिमालयन जनरलले १ अर्ब १५ करोड र आइएमई जनरलले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । बाँकी कुनैपनि बीमा कम्पनीको कुल बीमाशुल्क अर्ब नाघ्न सकेको छैन । नयाँ संचालनमा रहेका अजोड इन्स्योरेन्सले ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो पुरानो संचालनमा रहेका युनाइटेड इन्स्यारेन्स र नेशनर इन्स्योरेन्सको भन्दा बढी हो । यस्तै जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले ३८ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ ।

सम्बन्धित समाचार