free website hit counter

विवादपछि ढकालले दिए धितोपत्र बोर्डको सञ्चालक पदबाट राजीनामा

beemaadmin
२०७८ भाद्र १०, बिहीबार

काठमाडौं । उद्योग वाणिज्य महासंघको तर्फबाट नेपाल धितोपत्र बोर्डको सञ्चालक पदमा रहेका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले राजीनामा दिएका छन्।ढकालले दिएको राजीनामा स्वीकृत गर्दै महासंघले उपाध्यक्ष अन्जन श्रेष्ठलाइ बोर्ड सन्चालकमा पठाउने भएको छ। ढकालले मंगलबार नै उक्त पदमा आफू बसिरहनु उचित नरहेको भन्दै महासंघमा अर्को प्रतिनिधि पठाउने भन्दै राजीनामा दिएका थिए।
बजारमा विभिन्न कोणबाट कुराहरू उठिरहेको र आफू पब्लिक कम्पनीमा समेत रहेको कारणले उक्त पदमा बसिरहनु उचित नहुने निष्कर्ष निकाल्दै मैल मंगलबार महासंघलाई उक्त कुरा लिखित रुपमा जानकारी गराएको हो। नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट धितोपत्र बोर्डमा एक जान प्रतिनिधि सञ्चालक हुने व्यवस्था छ। महासंघले नै चुनेर पठाएका प्रतिनिधिलाई बोर्डले सञ्चालकको रुपमा ग्रहण गर्ने गर्छ। महासंघले सञ्चालक चुनेर पठाउने भएकोले पनि उक्त राजीनामा ढकालले महासंघमै दिएका हुन्।

सम्बन्धित समाचार