free website hit counter

बालबालिकाका लागि नयाँ बीमा योजना ल्याउँदै एलआइसी नेपाल

beemaadmin
२०७८ पुष २३, शुक्रबार

काठमाडौं । समयको माग र ग्राहकको चाहनाअनुसारको बीमालेख जारी गरेर जीवन बीमाको क्षेत्रमा आफ्ना बीमालेखलाई अब्बल सावित गर्दै अघि बढेको एलआईसी नेपालले बाल समृद्दि नामक बीमा योजना बीमा समितिबाट अन्तिम स्वीकृत प्राप्त गरी बजारमा ल्याउने तयारीमा रहेको छ । यो योजना बालबालिकाको लागि अत्यन्तै हितकारी भएको दाबी गर्दै कम्पनीले आगामी साता नै यस योजनालाई बजारमा ल्याउने बताएको छ । यस योजानाको लागि भखर्र जन्मिएको शिशुदेखि ११ वर्ष सम्म उमेर पुगेका बालबालिका बीमाको लागि योग्य हुन्छन् र बालबालिका १६ वर्ष पुगे पछिको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतका दरले अग्रिम रुपमा रकम भुक्तानी धन फिर्ता हुने यस योजनाको विशेषता रहेको छ । अर्को तर्फ बालबालिका १६ वर्षदेखि २० वर्ष हुँदासम्म जोखिम बहन हुने र दुर्घनावश कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ-ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ । र, पहिले दिइएकाे रकम कट्टा नगरी बीमाङ्क रकम र मुनासहित बीमीतलाइ दिइने छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार