free website hit counter

सार्वजनिक यातायात नचलाउने व्यवसायीको चेतावनी

beemaadmin
२०७७ असार २६, शुक्रबार

काठमाडौं। लकडाउनले यातायात क्षेत्रमा पारेको असरका विषयमा कुनै पनि राहतको कार्यक्रम नल्याएको सरकारले एकाएक व्यवसायीसँगको सल्लाह बिनानै यातायातका साधन चलाउन दिने निर्णयप्रति व्यवसायीहरु असन्तुष्ट देखिएका छन् ।
बिहीबार मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात संचालन गर्न दिने निणर्य भएको सुनाएका थिए। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको केही घण्टा बित्न नपाउँदै यातायात व्यवसायीले भने सार्वजनिक यातायात संचालन नगर्ने घोषणा गरेका छन्। सरकारले व्यवसायीसँग कुनै सल्लाह नै नगरी एकलौटी निर्णय गरेको भन्दै यातायात व्यवसायी आक्रोशित भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने सरकारले आफूलाई आन्दोलनकारीको जस्तो व्यवहार गरेको बताए। लामो समयसम्म थन्काएर राखेका सवारी साधनको बारेमा बुझ्दै नबुझी सरकारले गरेको निर्णय आफूहरुलाई स्वीकार्य नभएको उनले बताए।
सरकारको निर्णय केटाकेटीलाई ललिपप दिएर फकाए जस्तो भएको उनको भनाइ छ। सार्वजनिक यातायातका यात्रुहरुमा कोरोनाको संक्रमण भएको थाहा नहुने हुँदा पनि यातायात संचालन गर्न त्यति सजिलो नभएको उनको भनाइ थियो। शुक्रबार दिउसो १ बजे महासंघको बैठक बस्ने र आधिकारीका धारणा बाहिर आउँने उनले बताए।

सम्बन्धित समाचार