free website hit counter

महालक्ष्मी लाइफ इन्स्योरेन्सले जरिवाना नलिने

beemaadmin
२०७७ असार २७, शनिबार

काठमाडौं । लगातारको लकडाउनका कारण जनजीवन कठिन मोडमा रहेको बेला महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्न ढिला भएमा जरिवाना नलिने भएको छ । कम्पनीले असार मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी बिलम्ब भए वापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठयारो परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट दिने भएको हो । समयमा तिर्नु पर्ने नविकरण बीमाशुल्क नतिरेको कारण लाग्ने बिलम्ब शुल्क यहि असार ३१ गते भित्र नविकरण बीमाशुल्क भुक्तान गरेमा बन्दाबन्दी शुरु अवधि अर्थात चैत ११ गतेदेखिको बिलम्ब शुल्क पूर्ण रुपमा छुट दिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ(आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ । साथै, बीमितहरुले आफुलाई पायक पर्ने समयमा घरबाटै इसेवा मार्फत नै बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार