free website hit counter

विश्व चर्चित खेलाडीका खरवौंको बीमा

beemaadmin
२०७७ असार २७, शनिबार

एजेन्सी। विश्व चर्चित खेलाडीहरुले आफ्नो अंग अंगको बीमा गरेका हुन्छन् । जुन खेलाडीको जुन अंक बढी प्रयोग हुन्छ त्यही अंगको महंगो बीमा गरिएको हुन्छ । विश्व चर्चित खेलाडीद्वय लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको खुट्टाको बीमा कति रकमको गरिएको होला भन्ने कौतुहलता सबैमा हुन्छ ।
अर्जेन्टिनाका विश्व चर्चित खेलाडी लियोनेल मेसीको खुट्टाको बीमा ७ सय ५० मिलियन युरो (झण्डै १ खर्व, १ अर्ब, २५ करोड नेपाली रुपैयाँ) को छ । जसको बीमाशुल्क वार्षिक ५ देखि ७ लाख युरो तिर्नु पर्दछ । यो बीमा शुल्क भनेको ९ करोड ४५ लाख नेपाली रुपैयाँ हो भने त्यसको बीमाङ्क रकम भनेको १.२५ खर्ब नेपाली रुपैयाँ हो । मेस्सी अहिले बार्सिलोना क्लबबाट खेलिरहेका छन् ।
यसैगरी मेस्सीसँगै समान हैसियतमा मूल्यांकन गरिने क्रिस्टियानो रोनाल्डो पोर्चुगलका चर्चित खेलाडी हुन् । उनी अहिले जुभेन्टस क्लबसँग आवद्ध छन् क्रिस्टियानो रोनाल्डोको खुट्टाको बीमा क्लबले १ सय ४४ मिलियन डलरको गरेको थियो भने बीमाङ्क रकम हाल १ सय ३ मिलियन युरो (झण्डै १३ अर्ब ९० करोड नेपाली रुपैययाँ) को बीमा गरिएको छ ।

सम्बन्धित समाचार