free website hit counter

किरिया बसेको नवौं दिनमा ‘मरेका व्यक्ति’ जिवितै ठम ठम आएपछि….

beemaadmin
२०७७ असार २८, आईतवार

पाल्पा । विश्वमा अनौठा अनौठा घटना हुने गरेका छन् । त्यही क्रममा नेपालमा पनि मरे भनिएर क्रिया बसेको नवौं दिनमा उनी व्यक्ति टुप्लुक्क आइपग्दा परिवारमा खुशीयालीको वर्षा नै भएको छ । गुल्मी जिल्ला रुरु गाउँपालिका–५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् । किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएका थिए ।

सम्बन्धित समाचार