काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वर्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सो साधारणसभाबाट आर्थिक वर्ष २०७४–७५ को वित्तीय विवरणहरु पारित गरेको हो । कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख रहेको छ । चुक्ता पूँजीको १२।५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । कम्पनीले उक्त बोनश सेयर वितरण गरे पश्चात कम्पनीको चूक्तापूजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ ।