free website hit counter

सानिमा लाइफले थप्यो बर्दघाटमा शाखा

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं । चुक्ता पुँजीको चटारोसँगै बीमा कम्पनीहरु व्यवसाय विस्तारमा पनि लागेका छन् । बीमाको पहुँच नपुगेका गाउँ गाउँमा बीमा कम्पनीहरुले आफ्नो शाखा सञ्जाल विस्तार गरिरहेका छन् । ‘सामाजिक सुरक्षाका लागी बीमा, बीमाका लागी सानिमा’ भन्ने मुल नाराका साथ सानिमा लाइफले नवलपरासीको बर्दघाटमा आफ्नो ५४ औँ शाखा स्थापना गरेको छ ।

एक समारोहकाबीच बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल र कम्पनिका मुख्य प्रबन्धक गणेश चौलागाईले सो शाखाको औपचारिक उद्घाटन गरे। उक्त अबसरमा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, कम्पनीका प्रदेश प्रमुख जयदेव गौतम र शाखा प्रमुख ढाकाराम तिमल्सीना उपस्थितिलगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार