काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो २४ वर्षे व्यवसायिक यात्रा पुरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केक काटी वार्षिकोत्सव मनाएको छ । कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । २५र्आं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखामार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका विविध कार्यक्रमहरु आयोजना गरिने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पुँजी १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६.७७ को असार मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १७ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको ५ । त्यसै गरी आ.व. २०७६।७७ मा रु.१ अर्ब २ करोड दावी भुक्तानी गरेको छ । कम्पनीबाट उपलब्ध हुने बीमालेखहरुलाई क्रमश डिजिटलाइज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिए ।