free website hit counter

शिखर इन्स्योरेन्सको हकप्रद भर्ने समय आज मात्रै

beemaadmin
२०७७ श्रावण ४, आईतवार

काठमाडौं । चुक्ता पुँजी पुर्याउने चटारोमा रहेका बीमा कम्पनीहरुले साधारण र हकप्रद शेयर जारी गरिरहेका छन् । यसै क्रममा शिखर इन्स्योरेन्सले जारी गरेको हकप्रद शेयर भर्ने आज साउन ४ अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले गत असार १४ गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा हकप्रद निष्काशन खुला गरेको थियो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गरेको थियो। हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट माघ १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो। यसअघि कम्पनीले गत चैत १३ गतेदेखि हकप्रद निष्काशन गर्न लागेकोमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण हकप्रद निष्काशन स्थगित भएको थियो। हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार