free website hit counter

लगानी बोर्डको सीईओमा क-कसको नाम सिफारिस ?

beemaadmin
२०७७ श्रावण ७, बुधबार

काठमाडौं । नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेको १२ जनाको आवेदन मध्येबाट ६ जनाको नाम सिफारिस गरिएको छ ।

राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठित उपसमितिले १२ जना आवेदकहरुमध्ये ६ जनाको नाम छनोट गरी सिफारिस गरेको हो । सो पदका लागि आवेदन दिएका १२ मध्येबाट ६ जनाको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको समिति समक्ष सिफारिस भएको हो ।

Advertisement
Advertisement

यसरी सिफारिशमा पर्ने व्यक्तिहरुमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, विशेष आर्थिक क्षेत्रका पूर्व कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट, माछापुच्छ्रे बैंकका पूर्व कार्यकारी अधिकृत सुमन शर्मा र लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला रहेका छन् ।

Advertisement
Advertisement

जाे पहिलो चरणमै फालिए

सीईओका लागि आवेदन दिएका राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, बोर्डमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल, कानून सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेल छनोटमा परेका छैनन् ।

सम्बन्धित समाचार