free website hit counter

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलालाई बिटैको बन्दोबस्त

beemaadmin
२०७७ श्रावण ७, बुधबार

काठमाडौं । आफ्नो रेकर्ड बे्रक गर्दै आएको सुनको भाउले फेरि अर्को रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च ९४ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघले बुधबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ कायम गरेको हो।

 

Advertisement
Advertisement

अघिल्लो दिन मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो। सुनको भाउ अन्तराष्ट्रिय बजारमा उच्च रुपले बढेको छ जसले गर्दा नेपाली बजारमा पनि सुनको भाउ उच्च रुपले बढेको हो। सुनको भाउ बुधबार अन्तराष्ट्रिय बजारमा प्रतिआउन्स १ हजार ८५६ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement

 

यस दिन तेजाबी सुन भने ९३ हजार ५६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासँघले जनाएको छ। त्यस्तै बुधबार चाँदीको भाउ पनि एकैदिन तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च भाउ हो।

 

अघिल्लो दिन मंगलबार पनि चाँदी तोलामा ४० रुपैयाँले बढेर १ हजार ३० रुपैयाँमा खरिद बिक्री भएको थियो।

सम्बन्धित समाचार