free website hit counter

इन्सपेक्टरको परिवारलाई १० लाख क्षतिपूर्ति

beemaadmin
२०७७ श्रावण ८, बिहीबार

काठमाडौं । जीवनको क्षतिपूर्ति त कसैगरी पनि हुन सक्दैन । तैपनि पीडित परिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विष्फोटमा परेर ज्यान गुमाएका इन्सपेक्टर अमिर दाहालको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ ।

साउनमा ५ बसेको मन्त्रिपरिषद्को बैठकले इन्सपेक्टर दाहालसहित सो विष्फोटमा ज्यान गुमाएका स्थानीय राजेश शाह र उनका छोरा आनन्दको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको हो । इन्सपेक्टर दाहाल लामो समय पूर्वप्रधानमन्त्री झलनाथ खनालको पर्सनल सेक्यूरिटी अफिसर (पिएसओ)मा कार्यरत थिए ।

०७६ मंसिर २८ मा भएको विष्फोटमा परेर उनीहरुको निधन भएको थियो । महेन्द्रनगर बजारबाट उत्तरतर्फ कुचाईटोलमा राजेश शाहको घर बाहिर बिजुलीको पोलमा राखेको बम हटाउँदा इन्सपेक्टर दाहालसहित ३ जनाको निधन भएको थियो ।

सम्बन्धित समाचार