free website hit counter

रिलायबल लाईफको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०७७ श्रावण १२, सोमबार

काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले २०७४ भदौं ३ गते कारोबार सुरु गरेको हो ।

आइतबार राजधानी काठमाडौको होटल मेरियटमा सम्पन्न भएको साधारणसभाबाट आईपिओ जारी गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन समेत पारित भएको सो कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष उदय नेपालीले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले १७ प्रकारका बीमा पोलिसीहरु बजारमा ल्याएको जानकारी दिँदै एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको बताउँदै हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेको बताए ।

Advertisement
Advertisement

सो कम्पनीले दोस्रो बार्षिक साधारणसभाबाट आईओपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेपनि तत्कालै आईपिओको लागि आवेदन दिन भने पाउने छैन । कम्पनीको आव २०७५÷०७६को लेखा परिक्षण सम्पन्न भई तेस्रो बार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै आईपिओको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन योग्य हुनेछ ।

सम्बन्धित समाचार