free website hit counter

एशियन लाइफले दिने भयो सबैभन्दा उच्च बोनस

beemaadmin
२०७७ श्रावण १२, सोमबार

काठमाडौँ । २७ प्रतिशत जनसमुदाय मात्रै बीमाको दायरामा परेका छन् । बाँकी क्षेत्रमा बीमा बजार विस्तार हुनै बाँकी रहेका बेला बीमा कम्पनीहरु विभिन्न योजनाका साथ अघि बढिरहेका छन् ।
यही बेला एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रकै सर्वाधिक बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई आर्थिक वर्ष २०७४÷७५ मा दिने नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो ।

बीमा समितिले जेठ ८ गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनस दर दिने घोषणा गरेको कम्पनीले जनाएको छ । सावधिक जीवन बीमालेखः कम्पनीले ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ ।

Advertisement
Advertisement

सावाधिक (बालबालिका सावाधिक जीवन बीमा) ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ । वधिक तथा आजीवन जीवन बीमालेखः ० देखि १४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ८७ रुपैयाँ बोनस दर तोकेको छ ।

Advertisement
Advertisement

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखः १० वर्ष अवधिका लागि ४३ रुपैयाँ, १२ वर्ष अवधिका लागि ४८ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५४ रुपैयाँ, १८ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० वर्ष अवधिका लागि ७४ रुपैयाँ र २५ वर्ष अवधिका लागि ७९ रुपैयाँ बोनस दर तोकेको छ । यस अघि गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले पनि अधिकतम रु. ८७ बोनस दर घोषणा गरेको थियो ।

सम्बन्धित समाचार