free website hit counter

आधा दर्जन सिडओ यताउता

beemaadmin
२०७७ श्रावण १२, सोमबार

काठमाडौं । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको हेरफेर गरेको छ । गृह मन्त्रालयले गरेको सरुवा अनुसार गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सर्लाही पठाइएको छ ।

त्यहाँ हालै मात्र गृहमा ल्याइएका तीर्थ भट्टराईलाई पठाइएको छ । यस्तै, सर्लाहीका प्रजिअ मोहनबहादुर जिसीलाई गृह मन्त्रालयमा तानिएको छ । धनुषाका सिडिओ कोशहरि निरौलालाई मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । धनुषाको सिडिओको जिम्मेवारी भने प्रेम प्रसाद भट्टराईलाई दिइएको छ ।

उनी केही अघि मात्र ललितपुर उपमहानगरबाट गृह मन्त्रालयमा सरुवा भएर आएका कर्मचारी हुन् । यता डडेलधुरामा बन्धुराज बास्कोटाले जिम्मेवारी पाएका छन । डडेलधुराका जगन्नाथ पन्तलाई धनगढी उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बनाएर खटाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार