free website hit counter

अमिताभले रोक्न सकेनन् आँसु

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

एजेन्सी । बलिउड अभिनेता सुपरस्टार अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । उपचारपछि ऐश्वर्या राय र आराध्याको परीक्षण नेगेटिभ आएपछि उनिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ ।

 

अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् । यता अमिताभ भने बुहारी र नातिनी ठिक भएपछि भावुक भएका छन् । अमिताभले ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो आँसु रोक्न नसकेको जानकारी ट्वीटरमार्फत् दिएका छन् । उनले ऐश्वर्या र आराध्याको तस्बिर पोस्ट गर्दै लेखे, आफ्नी सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपरम्पार ।

सम्बन्धित समाचार