काठमाडौँ । पछिल्ला दिनमा राजधानीमा कोरोना संक्रमित अकस्मात बढ्दै गएपछि राजधानीमा संक्रमित पहिचान गर्ने कार्यलाई तिव्र पारिएको छ । संकास्पद स्थान र मानिसको बाक्लो चहलपहल हुने स्थानमा स्वाव संकलन गर्ने कार्यलाई तिव्रता दिने क्रममा सिंहदरवारका कर्मचारीको पनि कोरोना परीक्षण गरिँदै छ ।
देशको प्रमुख प्रशासिन केन्द्र सिंहदरवारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको स्वाब सङ्कलन भइरहेको बताइउको छ । सिंहदरवारभित्रका कर्मचारीको अवस्था के कस्तो रहेको छ ? भन्ने अध्ययनका लागि विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाव लिन लागिएको हो । संकलित नामावलीहरुमध्येबाट केहीको स्याम्पलिङका रूपमा परीक्षण गरिने बताएको छ ।